विमानस्थल घटनामा असईलाई निलम्बन गरेको भन्दै डीआईजी अर्जुन चन्दले दिए राजीनामा !

विमानस्थल घटनामा असईलाई निलम्बन गरेको भन्दै डीआईजी अर्जुन चन्दले दिए राजीनामा !

5 months ago

विमानस्थल घटनामा असईलाई निलम्बन गरेको भन्दै डीआईजी अर्जुन चन्दले दिए राजीनामा !

विमानस्थल घटनामा असईलाई निलम्बन गरेको भन्दै डीआईजी अर्जुन चन्दले दिए राजीनामा ! 


शुक्रवार डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।


डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । फोन सम्पर्कबाट कुरा गर्दै चन्दले भने– ‘मैले व्यक्तिगत कारणले राजीनामा दिएको हुँ बताएका छन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।


समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत एकजना अधिकृतले बताए ।


डीआईजी चन्दले उक्त प्रकरणमा कारबाहीमा परेका प्रहरी कर्मचारीलाई जोगाउन निकै पहल गरेका थिए ।


तर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी वसन्त कुँवरले सहयोग नगर्दा आफ्नै मातहतका कर्मचारी कारबाहीमा परेपछि डीआईजी चन्दले राजीनामा दिएको स्रोतले बतायो ।