Nepal Police Loksewa Exam Model Questions | Nepal Police Exam Questions

Nepal Police Loksewa Exam Model Questions | Nepal Police Exam Questions

2 years ago

Nepal Police Loksewa Exam Model Questions | Nepal Police Exam Questions

Nepal Police Loksewa Exam Model Questions | Nepal Police Exam Questions


• विश्वमा सर्वप्रथम प्रहरी सेवाको सुरुवात कुन देशबाट भएको हो ?

- बेलायत


• नेपालमा सर्वप्रथम कुन राजाको पालामा “मिलिसिया पुलिस” नामक फोर्सबाट प्रहरी सेवाको सुरुवात भएको हो ?

- पृथ्वीनारायण शाह


• नेपालमा वि.सं. १९५५ मा कुन प्रधानमन्त्रीको पालामा तराई क्षेत्रमा अमिनी प्रहरी र पहाडतर्फ मिलिसिया प्रहरीको व्यवस्था थियो ?

- श्री ३ चन्द्र शमशेर


• वि.सं. १९६७ मा काठमाडौं उपत्यकामा कुन प्रहरी संगठन गठन भएको थियो

कोतवली प्रहरी


• कोतवली प्रहरीको प्रमुख काम के थियो ?

- चोरी, डकैती सम्बन्धी मुद्दा हेर्ने र हात-हतियारको इजाजत दिने


• काठमाडौंमा सदर पुलिस गोश्वाराको स्थापना कहिले भएको हो ?

-वि.सं. २००१


• प्रहरी इन्सपेक्टरको तालिम लिने प्रथम व्यक्ति को हुन् ? जसलाई चन्द्रशमशेरले भारतको पजाबमा तालिम लिन पठाएका थिए ?

इन्द्रबहादुर थापा र आत्माराम उप्रेती


• आई. जि. पी. अफिसको स्थापना कहिले भएको थियो ?

- वि.सं. २००८


• नेपालमा तीन प्रकारका प्रहरीहरू छन् ती के के हुन् ?

- १ सिभिल प्रहरी, २ सशस्त्र प्रहरी,

३. विशेष प्रहरी


• सदर ट्राफिक विभागको स्थापना कहिले भएको हो।

वि.सं. २००९


• विशेष प्रहरी विभागको स्थापना कहिले भएको हो ?

-वि.सं. २०१०


प्रहरी सुधार आयोगको गठन गरी प्रहरी ऐन बनी कहिले लागु भयो

- वि.सं. २०१२


• सदर प्रहरी तालिम केन्द्रको स्थापना कहिले भएको हो।

- वि.सं. २०१३


• प्रहरी आकाशवाणीको स्थापना कहिले भएको हो।

- वि. सं. २०१५


नेपालको उत्तरी सीमा क्षेत्रहरूको सीमा प्रहरी चेकपोष्ट कहिले खडा गरिएको हो ? - वि.सं. २०२२


नेपालले कहिले विश्व प्रहरी संगठन इन्टरपोलको सदस्य बन्यो ? ।

- वि.सं. २०२४, नेपाल इन्टरपोलको १०० औं सवस्य हो


• अपराध अन्वेषणको क्षेत्रमा वैज्ञानिक ढंगले काम गर्न विधि विज्ञान प्रयोगशालाको निर्माण कहिले भएको हो ?

- वि.सं. २०३५


• वीरेन्द्र प्रहरी अस्पतालको निर्माण कहिले भएको हो ?

- वि.सं. २०४०


• नेपाल टेलिभिजनबाट कहिलेदेखि प्रहरी अनुरोध कार्यक्रमको प्रशारण सुरु भएको हो ?

-२०४६ साल जेठ १२


सशस्त्र प्रहरी तालिम केन्द्रको उद्घाटन कहिले भएको थियो ?

- वि.सं. २०४५ पौष १४


• नेपाल प्रहरीमा कम्प्युटर सेवा कहिलेदेखि सुरु भएको हो ?

-वि. सं. २०४६


• काठमाडौंमा विद्युत संकेतबाट ट्राफिक नियन्त्रण गर्ने काम कहिलेदेखि सुरु भएको हो ?

- वि.सं. २०२३


नेपालमा गस्ती प्रहरीको स्थापना कहिले भएको हो ? ।

- वि.सं. २०२१


• नेपालमा पहिलो पटक ट्राफिक सप्ताह कहिले मनाइएको थियो ?

- वि.सं. २०२४


• विदेशबाट जासुसी कुकुर झिकाइ नेपाल प्रहरीमा कहिले कुकुर शाखा खोलियो ?

-वि.सं. २०२६


• इन्टरपोलको स्थापना कहिले भएको हो ?

__ - सन् १९५६


• इन्टरपोलको प्रधान कार्यालय स्थापनाकालमा बेल्जियममा थियो तर स्रोत साधनको कमीले यसलाई कहाँ सारिएको थियो ?

फ्रान्सको पेरिस सहरमा


• सन् १९८६ मा पेरिसस्थित इन्टरपोलको मुख्य कार्यालयमा बम विष्फोटन भई ध्वस्त भएकोल हाल यसको प्रधान कार्यालय फ्रान्सको कुन सहरमा रहेको छ ?

-लियोन


• नेपाल प्रहरीको झण्डाको परिकल्पनाकार को हुन् ?

-कर्णध्वज राई


• पुलिस र जेल नभएको देश कुन हो ?

-आइसल्याण्ड


• भारतमा कहिलेदेखि प्रहरीको व्यवस्था गरिएको हो ?

सन् १९३७


• विश्वको प्रथम महिला प्रहरी को हुन् ?

- एकाइस वेल्ज, उनी सन् १९९० मा प्रहरी बनेकी थिइन्


• बेलायतमा ४ प्रकारका प्रहरीहरू छन्, ती कुन कुन हुन् ?

काउन्टी प्रहरी, २. बोरो प्रहरी, ३. सिटी अफ लण्डन प्रहरी, ४. मेट्रोपोलिटन


प्रहरी संयुक्त राज्य अमेरिकामा ५ प्रकारका प्रहरीहरू छन् । ती कुन कुन हुन् ?

१. फेडेरल प्रहरी, २. स्टेट प्रहरी, ३. विशेष प्रहरी, ४ सिटी प्रहरी, ४. टाउनशीप प्रहरी


• नेपालमा प्रहरी संगठनलाई सुव्यवस्थित गर्न कहिले आन्तरिक सुरक्षा बोर्डको स्थापना गरियो ?

- वि.सं. २०१०


काठमाडौं, बुटवल र दिपायलमा क्षेत्रीय प्रहरी तालिम केन्द्रको स्थापना कहिले गरियो ?

- वि.सं. २०३६


नुवाकोटको ककनीको सशस्त्र प्रहरी तालिम केन्द्रको स्थापना कहिले भएको हो ? - वि.सं. २०४६ साउन ३२


नेपालमा कहिले प्रहरी सेनासम्बन्धी व्यवस्था भएको हो ?

- वि.सं. १९५५


भारतमा प्रहरी व्यवस्थाको प्रारम्भ कसको पालामा सन १९३७ मा गरिएको हो ? - लर्ड कर्नवालिस


नेपालको पहिलो आई.जि.पी. को हुन् ?

- तोरण शमशेर ज.ब.रा.


• सशस्त्र प्रहरी बलका पहिलो आई जि पी को हुन् ?

- कृष्णमोहन श्रेष्ठ


• कुन देशको प्रहरीले महिलाको पोशाक महिलाले मात्र बेच्न पाउने आदेश जारी गरेको छ ?

- इरान


• नेपालको पहिलो महिला प्रहरी सरस्वती उपाध्याय हुन् भने पहिलो महिला हवल्दार को हुन् ?

- सावित्री


• नेपालको पहिलो महिला उपरीक्षक को हुन् ?

- डा. भारती याकथुम्बा


• नेपालमा कहिलेदेखि विद्युत संकेतबाट ट्राफिक नियन्त्रण गर्न थालियो ? - वि.सं. २०२३


• मोटरसाइकलको पछाडि बस्नेले हेलमेट लगाउन नपर्ने व्यवस्था उपत्यका ट्राफिक कार्यालय रामशाहपथले कहिलेदेखि लागू गर्यो ?

- २०६३ साउन ५ देखि


• नेपाल ट्राफिक प्रहरी हुनुभन्दा अघि यसको नाम के थियो ?

- रामदल


• नेपालमा बालश्रम निषेध र नियमित गर्ने ऐन कहिले आएको हो ?

- वि.सं. २०५६ मा


• नागरिक बडापत्रको प्रयोग गर्ने प्रथम मुलुक कुन हो ?

- बेलायत


• बालअधिकारसम्बन्धी महासन्धि संयुक्त राष्ट्रसंघको महासभाले कहिले पारित गर्यो ?

- सन् १९८९ मा


• बालबालिकासम्बन्धी ऐन कहिलेदेखि लाग भयो ?

सन् १९८९ देखि


• संविधानसभाको घोषणा नेपालमा सर्वप्रथम कहिले भएको थियो ?

-वि.सं. २००७ मा


• महिलासम्बन्धी सम्पूर्ण प्रकारका भेद्भाव सन् १९९९ को महासन्धि (Cedaw) को प्रोटोकलमा नेपालले कहिले अनुमोदन गयो ?

- सन् २००१ मा


• “आँखाको बदला आँखा र दाँतको बदला दाँत” को सिद्धान्तमा आधारित कानुन कुनसंग सम्बन्धित थियो ?

- बेबिलोनियन


• कानुनी राज्यको मान्यतालाई शासन व्यवस्थामा लागु गर्ने पहिलो देश कुन हो

- बेलायत


For more Nepal Police Loksewa Exam Important Questions : https://gyanmark.com/gyan-topics/nepal-police-loksewa-exam-questions