नेपालमा उम्रीदैँ, बिदेशमा फक्रीदैँ अनि उतै ओईलाउँदै फुलहरु !

नेपालमा उम्रीदैँ, बिदेशमा फक्रीदैँ अनि उतै ओईलाउँदै फुलहरु !

5 months ago

नेपालमा उम्रीदैँ, बिदेशमा फक्रीदैँ अनि उतै ओईलाउँदै फुलहरु !

🖊️ कुशल पोख्रेल


पछिल्लो समय, देश कता जादैँछ, हाम्रो संस्कार कता जाँदैछ। कसैले कसैलाई सम्मान गर्दैन विशेषत: नेपालमा बसेकाले नेपालमा बसेकालाई नै। 

व्यापारी, नेता, कर्मचारी, मास्टर, व्यवसायी सबैमा। व्यापारी ठग रे, नेता चोर, लुटेरा,भ्रष्टाचारी रे, कर्मचारीतन्त्र त अझै देश नै खत्तम पार्ने भयो रे, मास्टर योग्य भएनन्, शिक्षा खत्तम भो रे, डाक्टर, हस्पिटल लापरबाही भए रे सिदै ठोक्दिने रे,अब कसैले कसैलाई गतिलो नभनेपछी नेपाल त सबै खत्तम हरु बस्ने देश भैसकेछ। अनि नेपालमा बस्ने कसैलाइ सम्मान नदिएपछी तपाईंका बच्चाहरु के सोच्छन्? गतिला मान्छे बस्ने त ठाउँ न रहेनछ। अनि को अडिन्छ बाल्यकालमै मानसिक छाप तेस्तो परेपछी? 


अहिले को जेनेरेसन short term solution देखेर अनियन्त्रित तरिकाले बिदेश हानिईराको छन्, नेपालमा उत्कृष्ट हुन सक्ने, राज गर्न सक्ने युवाहरुपनी सायद नकारात्मक सुचना प्रवाह र फेसन र ट्रेण्ड को पछि लागेर बाहिरिरहेका छन् र निकै दुःख जीवन काटिरहेका छन्। 

कुनै लेख मा पढेको थिएँ "कयौँ सेक्स्पिएर हरु हलो जोत्दै छन् हाम्रो पखेरामा कयौँ मण्डेलाहरु बाख्रा चाराउँदै छन्" तर अब यस्तो अवस्था सृजना भयो जस्तो लाग्छ " कयौँ बिपि कोइरालाहरु टोरोन्टोको हिउँमा कढ्याङृदैँ देश सराप्दै छन्, कयौं देवकोटा हरु हातमा कलम हैन पोछा बोकेर जन्मदै नजन्मिएका मुनामदनको गर्भ मै हत्या गरीरहेका छन्।" 

दोष जति नेता र व्यवस्थालाई थुपारेर नेपाली जनता आफू पानीमाथिको ओभानो बनिरहेको देख्छु। समाज यसरी manipulate भैरहेको छ, देश छोडेर उडेपछी सब थोक प्राप्त हुन्छ। बिचरा ती युवाहरु जुन काँचै उमेरमा बिदेशिएका छन्, उनिहरुलाई थाहा नै छैन् प्रायः ले अब आफ्नो पहिचान र अस्तित्वलाई उनिहरु बलि दिँदैछन्। "पहिचान र अस्तित्व भाड मे जाओस्, जिन्दगी त आनन्दले काट्नु पर्यो नि" भन्ने सोचाई छ भने कृपया यो लेख तपाइँको लागि हैन। हो मान्छु नेपालमा सबै खालका व्यक्तिहरुलाई समेट्न सक्ने रोजगारी छैन्, बिदेश कोहि नजानु भनेको हुँदै हैन अर्थतन्त्र नै त्यसैले धानिएको छ, तर नेपालमै गर्न सक्ने व्यक्तिहरु आफ्नो स्वतन्त्रता, खुसी, राष्ट्रियता, आत्मियता, अस्तित्व र अझ भनौँ बंशलाई नै लोप पार्ने गरि पलान भैरहेको छ। मेरो मतलब नेपालमा गर्न नसकेका हरुलाई बिदेश जा, भाड मे जाओस तेरो अस्तित्व भन्न खोजेको पनि हैन। केही न केही कर्म त गर्नै पर्यो जानुस् सबै जानुस् कमाउन,सिप सिक्न, पढ्न, तर परिवार सबै उतै लगेर नहराउनुस्। 

देश रित्ताएर सबै कुराको समाधान हुँदैन्। एकदिन पछुतो अवश्य हुन्छ। Explore गर्न विश्व डुल्नुपर्छ तर मातृभुमी भुल्नु हुदैँन।देशको अनियमितता, अव्यवस्थिताको लागि यो नेपालको वायुमण्डलमा अरु हामिले केही गर्न सकिएन ठिक छ, तर देश प्रती सम्मान व्यक्त गर्दै थोरै सकारात्मक उर्जा प्रवाह गरिदिने हो कि? यसो गर्दा नेपालमै फक्रीन संघर्ष गरिरहेको वर्गलाई प्राणवायुको काम गर्थ्यो कि?