Dharma Saskriti GK

Dharma Saskriti GK

2 years ago

Dharma Saskriti GK

भाषा सम्बन्धि २५ महत्त्वपूर्ण प्रश्नोत्तरहरु :

▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩

१) डोल्पा जिल्लामा मगरहरूले बोल्ने भाषालाई के भनिन्छ ??

⇨काइके

२) राउटेले बोल्ने भाषाको नाम के हो ??

⇨खाम्ची 


३) सतार जातिले बोल्ने भाषा कुन मुलको हो ??

⇨आग्नेय अर्थात अष्ट्रेलियाई मुलको


४) नेपालमा द्रविड भाषा परिवारको भाषा बोल्ने जाती कुन हो ??

⇨झाँगड


५) नेवारी भाषाको पहिलो पत्रिका कुन हो ??

⇨पाशा


६) तामाङ भाषा र लिपिमा लेखिएको पहिलो पत्रिका कुन हो ??

⇨जाम्बुलिङ


७) खस भाषाले कानुनी रूपमा नेपालको राष्ट्रभाषाको मान्यता कहिले प्राप्त गर्यो ??

⇨वि.सं. २०१५


८) नेपाली भाषाको उत्पत्ति कहाँबाट भएको मानिन्छ ??

⇨कर्णाली प्रदेशको सिन्जाबाट


९) नेपालमा विदेशी भाषाको प्रभावलाई हटाउन सुरु गरिएको आन्दोलनको नाम के हो ??

⇨झर्रोवादी आन्दोलन


१०) नेपाली भाषाको जननी भाषा कुन हो ??

⇨संस्कृत भाषा


११) नेपाली भाषाको भाषा परिवार कुन हो ??

⇨भारोपेली भाषा परिवार


१२) नेपाली भाषाले नेपालमा प्रशासनिक भाषाको स्थान कहिले पायो ??

⇨नेपाल एकीकरण पश्चात


१३) नेपाली भाषालाई औपचारिक राष्ट्रभाषाको मान्यता कुन संविधानले दिएको थियो ??

⇨२०१५ सालको संविधानले


१४) नेपाली भाषाको सबैभन्दा प्राचीन अभिलेख कहाँ छ ??

⇨दैलेखको दुल्लुमा (दामुपाल, बि.सं. १०३८)


१५) नेपाली भाषाको पहिलो पत्रीका कुन हो ??

⇨गोरखा भारत जीवन (बि.सं. १९५०)


१६) नेपाल भित्रै बाट प्रकाशन भएको नेपालको पहिलो मासिक पत्रीका कुन हो ??

⇨सुधा सागर (बिं.सं. १९५५)


१७) नेपाल प्रज्ञा प्रतिष्ठान बाट सर्वप्रथम बृहत् ज्ञानकोष कहिले प्रकाशन भयो ??

⇨बि.सं. २०४०


१८) गोरखा भाषा प्रकाशनी समितिको स्थापना कहिले भयो ??

⇨बि.सं. १९६९


१९) नेपाली भाषाको भाषा शास्त्रीय अध्ययन गर्ने प्रथम बिद्वान को हुन ??

⇨जोन विम्स


२०) नेपाली भाषाको सर्वप्राचीन पुस्तक कुन हो ??

⇨महाभारत बिराट पर्व


२१) कोकिल बिद्यापति कुन भाषाका कवि हुन ??

⇨मैथली 


२२) राजवंशी भाषालाई अर्को कुन नामले चिनिन्छ ??

⇨ताजपुरिया


२३) हालसम्मको सबैभन्दा पुरानो नेवारी हस्तलिखित ग्रन्थ कुन हो ??

⇨हितोपदेश (बि.सं. १४१८)


२४) गोरखापत्रको प्रकाशनको सुरुमा सम्पादकीय लाई के नाम दिइएको थियो ??

⇨एडिटरको राय


२५) अशोक स्तम्भ कुन लिपिमा अंकित गरिएको थियो ??

⇨ब्राम्ही लिपि

शाही राजाको वालबाट सामान्य सम्पादन गरिएको !